नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। महाधिवेशनस्थल भृकुटीमण्डपमा सम्पन्न मतदानमा २ हजार २ सय २७ मत खसेका छन्। केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९ः१२ बजेदेखि सुरु भएको थियो। उनका अनुसार मतगणना आज बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको छ। मतगणनाअघि मुचुल्का उठाउने र सहमति कायम गर्ने प्रक्रियाका कारण केही समय लाग्...