२५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ – आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आप्रवासी श्रमिकका अधिकार सुनिश्चित गर्न कानुनी सुधारको माग गर्दै आएका छन् । सरकारको ध्यानाकर्षण गराउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देश जाने प्रक्रि...