बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। उनीबारे समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित रहेको विषय सार्वजनिक भएको थियो। समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो प्रयासपछि कार्यपालिकाबाट निर्णय गराई नागरिकता दिलाएको हो। नाम र जन्मस्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे। नागरिकता प्राप्त गरेसँगै उनले पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता पनि पाएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ। लामो समयदेखि भकुण्डेमा बस्दै आएक...