काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गराउने गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तो कार्यले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै महानगरपालिकामा गुनासो प्राप्त भएपछि शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो। महानगरपालिकाको शिक्षा विभागले बुधबार जारी गरेको सूचनामा शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नुपर्ने र नियम १३३ (१)...