नवयुवा आन्दोलनमा भएको क्षतिको ५ अर्ब भन्दा बढी बीमा दाबी भुक्तानी

काठमाण्डौ – नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार तीन सय तीन वटा बीमा दाबीको झन्डै २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये अहिलेसम्ममा त्यो रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बीमातर्फ झन्डै तीन अर्ब ८२ करोड रुपैयाँ र गाडी बीमातर्फ झन्डै एक अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ । इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ झ...