मन्त्रीलाई डेरा पाउनै मुस्किल, घरधनी भन्छन्- हजारको भाडाका लागि करोडको घर जोखिममा पार्दैनौं !

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कोशी प्रदेशका मन्त्रीहरूलाई डेरा पाउन मुस्किल पर्न थालेको छ ।  आन्दोलनकारीले त्यतिबेला मन्त्रीका निवास र सरकारी कार्यालय रहेका निजी घरलाई निसाना बनाएका थिए । त्यसपछि डराएका घरबेटीहरूले सुरक्षाको कारण देखाउँदै अहिले मन्त्रीहरूलाई घर खाली गर्न दबाब दिन थालेका छन् । विशेषगरी भदौ २४ गतेको आन्दोलन उग्र बनेपछि घरधनीहरूमा त्रास फैलिएको छ । सरकारले दिने न्यून भाडा तर उच्च सुरक्षा जोखिमका कारण घरबेटीहरू मन्त्रीलाई कोठा दिन हच्किएका हुन् । यसको प्रत्यक्ष प्रभाव कोशी प्रदेशका उद्योग, कृष...