नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबारदेखि शुरू भएको मतदान बिहीबार बिहान सकिएको छ । कूल २२६२ मतदाता रहेको एमाले महाधिवेशनमा २२२७ जनाले मात्र मत दिए । बाँकी ३६ जना मतदानमा अनुपस्थित रहे । तिनैमध्येका एक हुन्, नेता मुकुन्द न्यौपाने । उनी एमालेका सिनियर नेता हुन् । माधवकुमार नेपालले पार्टी विभाजन गर्दा एकीकृत समाजवादीमा लागेका उनी केही समयपछि एमालेमै फर्किएका थिए । उनलाई समेट्न एमालेले विधान संशोधन गर्दै ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको थियो । तर, न्यौपानेको यसैमा असन्तुष्टि छ । त्यही असन्तुष्टिले ...