बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता-२०२५’ हुने

यही पुस ४ र ५ गते बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता-२०२५’ हुने भएको छ ।  शक्ति खेलका रूपमा रहेको पावर लिफ्टको विभिन्न ३ विधा मध्येको एक डेडलिफ्टका देशभरका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । एक्टिभ जिम एन्ड फिटनेश, बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी खेलकुद परिषद्, बुटवल ...