एमाले सचिवमा ओली पक्षकै ९ जनाको अग्रता

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक नतिजामा सचिवतर्फ संस्थापन पक्षका ९ जनाको उम्मेदवारको अग्रता देखिएको छ ।  पहिलो नतिजामा शीर्ष ९ मा परेका गोकुल बास्कोटा दोस्रो अपडेटमा रिङआउट भएका छन् । यस्तो छ अद्यावधिक विवरण : महेश बस्नेत ३११ छविलाल विश्वकर्मा ३११ पद्मा अर्याल ३०५ शेरधन राई ३०० खगराज अधिकारी २७९ हिक्मत कार्की २७४ भानुभक्त ढकाल २२५ यामलाल कँडेल २६९ राजन भट्टराई २३६