एमाले उपाध्यक्षमा पीएसको अग्रता, गोकर्ण विष्ट चौथो स्थानमा

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको नतिजामा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङको अग्रता देखिएको छ ।  मतगणनाको दोस्रो अपडेटमा पीएस अगाडि लागेका हुन् । पीएसले ३५६, विणु पौडेलले ३४९, रामबहादुर थापा बादल ३०९, गोकर्ण विष्ट २५६, रघुजी पन्त २५३, गुरु बराल २४२ र विन्दा पाण्डेले १६९ मत ल्याएका छन् । ५ उपाध्यक्षका लागि भएको मतगणनामा ईश्वर पोखरेल समूहबाट विष्टको अग्रता देखिएको छ।