मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोलि शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेश प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री यादव मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका न...