अमेरिकी डलरको भाउ हिजोको तुलनामा केही घट्यो

काठमाण्डौ – केहीदिन देखि निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । डलरको भाउ आज हिजोको तुलनामा १ रुपैयाँ ०३ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर आज १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । हिजो अमेरिकी डलरको भाउँ अहिलेसम्मकै उच्च विन्दुमा रहदै एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । त्यसअघि अस्ति मंगलवार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ ...