अपाङ्गता प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने संघको चेतावनी

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।  छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सवालमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगर्नु संवैधानिक अधिकारको उल्लंघन हुने संघले जनाएको छ । संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंद्वारा जारी विज्ञप्तिमा सरोकारवालासँग कुनै छलफल नगरी संविधानको मर्म र भावना विपरीत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभामा प्रतिनिधित्व हुनबाट वञ्चित ...