प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै क्लस्टर बनाएर समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगर्नु संवैधानिक अधिकारको उल्लंघन हुने संघको भनाइ छ । संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंद्वारा जारी विज्ञप्तिमा सरोकारवालासँग कुनै छलफल नगरी संविधानको […]