ठमेलबाट खैरो हेरोइनसहित एक जना पक्राउ

३ पुस, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा  विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ ।