ललितपुरदेखि भारतको अयोध्याय मन्दिरसम्म दौडँदै धावक रामसुन्दर

धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोधा मन्दिरसम्म दौडने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने जानकारी दिए । करिब चार सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् । गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नेछन् । उनी त्यहीका  बासिन्दा हुन् । हनुमान मन्दिर पनि उनले निर्माण गरेका हुन् । हनुमान मन्दिरमा...