नेपाल टेलिकमको सह-प्रवक्ताको जिम्मेवारी प्रक्षेत थापा क्षेत्रीलाई दिइएको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । सह-प्रवक्ता क्षेत्रीलाई ०१-४२१०२९६, मोबाइल ९८५१३८१४१५ तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।