नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको गणनाका क्रममा शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार महासचिवका उम्मेदवार पोखरेलले ६१३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ५२६ मत पाएका छन् । ११ सय ३९ मत गन्दा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले ८४१ र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।