अध्यक्ष-महासचिवमा ओली-शंकरकै अग्रता

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलकै अग्रता छ । पछिल्लो परिणाम अनुसार ओलीले ८४१ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत मात्र पाएका छन् । यसैगरी, महासचिवमा ओली टीमकै शंकर पोखरेलको अग्रता छ । पोखरेलले ६१३ मत पाउँदा महासचिवका अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले ५२६ मत पाएका छन् । हालसम्म ४० वटा भोटिङ मेसिनको मत गनिएको छ । जसमा ११३९ मत गणना भएको एमाले निर्वाचन आयोगले जनाएको  छ। ...