झुटा विवरण पेश गरेर नागरिकता, राहदानी लिएको आरोपमा ३ जना पक्राउ

३ मंसिर, काठमाडौं । झुटा विवरण पेश गरेर नागरिकता, राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले […]