विष्णु रिमाल एमाले उपमहासचिवमा पराजित

नेकपा एमालेको उपमहासचिवमा संस्थापन पक्षका विष्णु रिमाल पराजित भएका छन् । उपमहासचिवको तीन पदका लागि भएको निर्वाचनमा दुई जना भने संस्थापनकै उम्मेदवार निर्वाचित भएका छन् । उपमहासचिवमा ईश्वर पोखरेल पक्षका योगेश भट्टराई निर्वाचित भएका छन् ।   संस्थापनबाट लेखराज भट्ट र रघुवीर महासेठ विजयी भएका छन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरे ।  चौंथो नम्बरमा परेर पराजित भएका रिमालले १०९१ मत पाए । उनी यसअघि पनि उपमहासचिव थिए ।  रिमाल अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन् । ओली प्रध...