नेकपा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट दुई जना विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई विजयी भएका हुन् । विष्ट १३ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भए । विष्ट उपाध्यक्ष विजयी हुँदा संस्थापन पक्षका गुरू बराल पराजित भए । भट्टराईले १३ सय ४८ मत प्राप्त गरे । भट्टराई विजयी हुँदा संस्थापन पक्षका विष्णु रिमाल उपमहासचिवमा पराजित भए । एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।