उपाध्यक्षमा ओली प्यानलका चार जना विजयी

नेकपा एमालेको उपाध्यक्षमा केपी शर्मा ओली प्यानलका चार जना उम्मेदवार विजयी भएका छन् । पाँच उपाध्यक्षका लागि भएको निर्वाचनमा ईश्वर पोखरेल प्यानलका गोकर्ण राज विष्ट विजयी भए । ओली समूह गुरु प्रसाद बराल पराजित भए । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी १७३७ मत प्राप्त गरे । यसैगरी, विष्णु प्रसाद पौडेलले १६७५, रामबहादुर थापा ‘बादल’ले १५१६, गोकर्णराज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत ल्याएर निर्वाचित भए ।