३ पुस, काठमाडौँ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस आकांक्षीको नाम सोझै केन्द्रीय कार्यसमितिमा पठाएको छ । बैतडीका दुई असन्तुष्ट आकांक्षीहरूले प्रदेश कार्यसमितिमा दर्ता गरेको निवेदनसहित केन्द्रीय कार्यसमितिमा आएपछि जिल्लाले सिफारिस आकांक्षीहरूको सूची केन्द्रमा पठाएको हो । यसअघि जिल्ला कार्यसमितिले गरेको सिफारिसका आधारमा सुदूरपश्चिम प्रदेश कार्यसमितिले उनीहरूको अन्य जिल्लाबाट सिफारिस नामहरूसँगै केन्द्रमा […]