सचिवमा निर्वाचित भएपछि महेश बस्नेत: अब संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकार
नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन् । आज सचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए ।