पार्टीभित्र र बाहिर पनि बलियो उम्मेदवार भनेर चित्रण गरिएका सुरेन्द्र पाण्डे नेकपा एमालेको महासचिवमा दोस्रोपटक पराजित भएका छन् । बिहीबार सार्वजनिक एमालेको ११ औं महाधिवेशनको नतिजामा पाण्डे शंकर पोखरेलसँग पराजित भएका हुन् । पोखरेलले १२ सय २८ मत ल्याउँदा पाण्डेले ९९९ मत मात्र पाए । अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद पाएका पोखरेल दोस्रो कार्यकालका लागि पनि महासचिव निर्वाचित भए । महाधिवेशनस्थलमा पाण्डेको पक्षमा देखिएको माहोलले संस्थापन पक्ष नै झस्किएको थियो । तर, सोही अनुसारको मत नपाउँदा पाण्डे पराजित भए । ईश्वर पोखर...