केपी शर्मा ओली तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए । जसमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मतमा सीमित भए । महासचिव पदमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गर्दा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र प्रसाद पाण्...