धावक कार्की ललितपुरदेखि भारतकाे अयोध्या मन्दिरसम्म दौडिने

काठमाण्डाै – धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या मन्दिरसम्म दौडिने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड शुरू गर्नेछन् । झन्डै ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौडको रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा रहेको कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड शुरू गर्ने छन् । उनी त्यहीँका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैँले निर्मा...