एसेस शृंखलाको तेस्रो टेस्टमा पनि भ्रमणकारी टोली इङ्ल्यान्डका ब्याट्सम्यान घरेलु टोली अस्ट्रेलियासमु निरीह देखिएका छन् । तेस्रो टेस्टको दोस्रो दिन बिहीबार इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा केवल दुई सय १३ रन बनाउँदा आठ विकेट गुमाइसकेको छ । पहिलो पालीमा इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका छैनन् । इङ्ल्यान्डले माथिल्ला चार ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । ओपनर ज्याक क्रावली नौ, बेन डकेट २९, ओली पप तीन र जो रुट १९ रनमा आउट भएका थिए । इङ्ल्यान्डका लागि ह्यारी ब्रुक र कप्तान बेन स्टोक्सले सर्वाधिक ४५/४५...