१९ एमाले पदाधिकारीमा दुई जना बाहेक सबै ओली समूहबाट

काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो । ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो । पूर्वमहासचिवसमेत रहनुभए...