वैदेशिक रोजगारीमा रहेकामध्ये धेरैमा मतदानको इच्छा

काठमाण्डाै – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये धेरैजसोले चुनावमा मतदान गर्न चाहेको बताएका छन् । कानून तथा सामाजिक न्यायका लागि नीति मञ्च (ल्याप्सोज) र श्रमिक सञ्जाल काठमाण्डौले गरेको 'आउट अफ कन्ट्री भोटिङ' सम्बन्धी धारणा सर्वेक्षणमा ६० प्रतिशतभन्दा धेरैले मतदानको इच्छा व्यक्त गरेका छन् । आज सार्वजनिक प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी ६ हजार ४८५ नेपाली श्रमिकमध्ये ६१ प्रतिशत पुरुष र ६८ प्रतिशत महिलाले मतदान गर्ने इच्छा व्यक्त गरेका हुन् । यस्तै सर्वेक्षणमा सहभागीमध्ये ९४ प्रतिशतभन्दा धेरैले देशबाहिरबाट मत...