३ पुस, काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।