कुश्मा कारागार प्रमुख श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माण गर्दा कुनै कार्यविधि/ मापदण्ड आधारविना मनोगत ढंगले लक्षित निर्माण व्यवसायीलाई ठेक्का सुम्पने नियतले कम कबोल गर्ने बोलपत्रदातालाई छनोट नगरी भ्रष्टाचार गरेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । बोलपत्र मूल्यांकन समितिका अध्यक्ष समेत रहेकी श्रेष्ठसहित मूल्यांकन समितिका सदस्यहरू सघन शहरी तथा भवन निर्माण आयोजना...