राष्ट्रिय मुक्ति पार्टीको धनुषा ३ क्षेत्रीय संयोजकमा झा सर्वसम्मत

राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको क्षेत्रीय बैठकले संगठन सुदृढीकरण र क्षेत्रीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित झालाई संयोजकको जिम्मेवारी दिएको हो । ​केन्द्रीय उपाध्यक्ष डा. राजीव झाका अनुसार नयाँ नेतृत्व चयनसँगै धनुषा–३ मा संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधि अझ सक्रिय हुने छन् । नवनिर्वाचित संयोजक झाले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्...