नेकपा एमालेको ११ औं महाधिवेशनबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्री निर्वाचित भन्दा कानूनमन्त्री पराजित बनेका छन् । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की केन्द्रीय पदाधिकारी (सचिव) मा निर्वाचित हुँदा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी पराजित बनेका हुन् । मुख्यमन्त्री कार्कीले केन्द्रीय सचिव पदमा जित हासिल गर्दै पार्टीको माथिल्लो तहमा स्थान सुरक्षित गरेका छन् । तर, उनकै क्याबिनेटका सदस्य एवं प्रदेश सरकारका प्रवक्ता समेत रहेका कानूनमन्त्री भण्डारीले चुनावमा पराजय व्यहोर्नु परेको छ । मन्त्र...