३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । […]