सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारीमार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ । यस सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्तरूपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् । दिगो बैंकिङ, वित्तीय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुन: प्रष्ट पार्दै द...