रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता दीपेन्द्र झाले लोकान्तरलाई जानकारी दिए । उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् । यद्यपि, अन्य अदालतबाट पनि पुर्पक्षका लागि कारागार चलान भएकाले रवि तत्क...