कहिले माधव नेपाल त कहिले केपी ओलीनिकट रहेर पार्टीभित्र सधैँ पदमा रहिरहन सफल ईश्वर पोखरेल ११ औं महाधिवेशनपछि पदाधिकारीबाट हटेका छन् । एमाले अध्यक्षमा केपी ओलीसँग पराजय व्यहोरे पनि पोखरेल केन्द्रीय सदस्यमा विजयी भएका छन् । केन्द्रीय सदस्यमा पोखरेलले १ हजार ८८ मत पाए । दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मा पछि पोखरेल पदाधिकारीबाट अवकाशको बाटोमा लागेका हुन् । एमालेभित्रको दुई लाइन संघर्षमा निर्णायक पात्र रहेका कारण उनी र प्रदीप नेपालले ‘किङ कमरेड’को विम्ब पाएका थिए । २०६५ फागुनमा...