नेकपा (एमाले) मार्क्सवादी, लेनिनबादी विचार बोकेको पार्टी हो । तर यो पार्टीले प्रजातान्त्रिक अध्यासका लागि लोकतान्त्रिक प्रक्रियाबाट चुनाव गराएर पार्टीभित्रै प्यानल बनाएर काम थाल्नु निकै सकारात्मक छ । चुनावमा आउने नतिजाबारे त पहिले नै अनुमान भइसकेको हो । एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले नै जित्ने निश्चित थियो । आफ्नो कार्यकाललाई औचित्यता दिनका लागि मात्रै ओलीले यो चुनाव गराउनुभएको हो । उहाँले पार्टीभित्र प्रभुत्व जमाउन वा स्थापित गर्न मात्रै यो चुनाव गराउनुभएको हो । मोटामोटी रूपमा अध्यक्ष, महासचिव, सचिव लगायतका मुख्य पदह...