रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाण्डाै – तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ । धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् । लामिछानेले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै...