३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । […]