अध्यक्ष र महासचिव जस्ता महत्त्वपूर्ण पदमा पुरानै अनुहारलाई नवीकरण गर्दै नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन बिहीवार समापन भएको छ । भदौ २३–२४ को जेनजी आन्दोलनपछि विकसित अप्रत्यासित घटनाक्रमका कारण एमाले महाधिवेशनमा होमिएको थियो । अन्य दलभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस चलिरहेको समयमा एमालेले एक कदम अगाडि बढेर महाधिवेशन सम्पन्न गरेको छ । भदौ २३–२४ को घटनाले अन्य राजनीतिक दलहरू अलमलमा रहेको समयमा एमालेले महाधिवेशनमार्फत आफू परिस्थितिको सामना गर्न तयार भएको सन्देश दियो । एमाले महाधिवेश...