लोकान्तरकर्मी आचार्य उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित

लोकान्तर डट्‌कमका लुम्बिनी प्रदेश संवाददाता प्रकाश आचार्य 'उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१' बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रूपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष पत्रकार आचार्यलाई प्रदान गरिएको हो । रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्‌घाटन समारोहमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामेश्वर खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ ...