उच्च मनोबलका साथ लगानी बढाउन व्यवसायीलाई गभर्नर पौडेलको आग्रह

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । गोरखापत्र संस्थानले आज आयोजना गरेको एक कार्यक्रममा गभर्नर पौडेलले निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको स्मरण गराउँदै अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन् । जसमा आवधिक र स्वच्छ चुनाव प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव ज...