३ पुस, काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ । भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो । काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । एघारौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन् ।