काठमाण्डाै – कारागार कार्यालय पर्वतका प्रमुख शिला श्रेष्ठसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरू सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा, कोष तथा लेखा नियन्त्रणको कार्यालय पर्वतका सह–लेखापाल सुभास घर्ती र मोदीकाली कन्स्ट्रक्शन पर्वतका प्रोप्राइटर प्रदीप तिमिल्सिनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले कार्यालयको भान्साघर ब्लक निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा भ्...