काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ । गोरखापत्र संस्थानले आज आयाेजना गरेकाे एक कार्यक्रममा बोल्दै ढकालले नवयुवा समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशङ्का निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो । उहाँका अनुसार तोडफोड, आगजनी गर्नेहरू कारबाहीको दायरामा आउनैपर्छ । त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न स...