इक्वेडरका फुटबलर मारियोको गोली हानी हत्या

काठमाण्डाै – इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इक्वेडरको आन्तरिक मन्त्रालयले घटनाको अनुसन्धान गर्न विशेष प्रहरी एकाइ पठाएको बताएको छ । पिनेडाले आफ्नो व्यावसायिक करियर इन्डिपेन्डेन्टे डेल भ्यालेबाट शुरू गरेका थिए, त्यहाँ उनले सन् २०१० देखि २०१५ सम्म खेलेका थिए । त्यसपछि उनी सन् २०१६ मा तटीय शहर ग्वायाकिलको क्...