श्रीलङ्काले चक्रवातपछिको पुनर्निर्माणका लागि आउँदो वर्ष १ अर्ब ६० करोड डलर खर्च गर्ने

श्रीलङ्का सरकारले ६ सय जनाभन्दा धेरैको ज्यान लिएको चक्रवात दित्वाहबाट देशको पुनर्निर्माणका लागि आउँदो वर्ष १ अर्ब ६० करोड अमेरिकी डलर अतिरिक्त खर्च गर्ने योजना घोषणा गरेको छ । श्रीलङ्का सरकारले आज संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको समाचार संस्था एएफपीले जनाएकाे छ । चक्रवात दित्वाहका कारण झन्डै २३ लाख मानिसलाई प्रत्यक्ष रूपमा असर गरेको थियो । यो सङ्ख्या श्रीलङ्कको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै हो । चक्रवातका कारण आएको ठूलो वर्षा, बाढी र भूस्खलनले देशका ...